कपिलवस्तुको कृष्णनगरमा अवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

 

-धर्मेन्द्र कुमार कुर्मी, विजयनगर।

विजयनगर- कृष्णनगर नगरपालिकाको उद्योग बाणिज्य संघको सभा हलमा ूअवधी संस्कृति संरक्षण कार्यक्रम सम्पन्न भएको छ । साथै स्थानीय कलाकारहरुको प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा अहिरउवा नाच , कहरउवा नाच , धोवियाना नाच ,झर्रा नाच, विरहा , अल्हा , चनैनी विरहा लगायत अवधी भाषाको लोकगीत कला संस्कृतिलाई प्रस्तुत गरिएको थियो ।कार्यक्रमको प्रमुख अतिथि कृष्णनगर नगरपालिका नगर प्रमुख रजग प्रताप शाह र कार्यक्रमको अध्यक्ष निरहु यादवले अवधीको पहिचान झल्कने गरी धोती, कुर्ता र गम्छा लगाएर कार्यक्रममा सहभागी भएका छन् ।

May be an image of 3 people, dais and text

प्रमुख अतिथिलाई मञ्चमा बस्नको लागि खटियाको व्यवस्थापन रहेको थियो । कार्यक्रममा सहभागी भएका सम्पूर्णका लागि नास्तामा पुडी , सब्जी , गुलगुला , सोहारी र सोठौरा खुवाएर अवधी संस्कृतिको खाने परिकारलाई जोगाउने उद्देश्यले खुवाइएको छ ।

May be an image of 3 people, temple and text

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले भन्नू भयो कि हाम्रो अवधी भाषाको छुट्टै इतिहास र पहिचान रहेको छ । अवधी भाषामा एक छुट्टै प्रकारको मिठास रहेको पाइन्छ ।

May be an image of 1 person, dais and temple

अवधी संस्कृतिको जन्म देखि मृत्यु सम्म छुट्टै संस्कृति रहेको छ । हाम्रो यस्तो संस्कृतिलाई हामी सबै मिलेर संरक्षण र जोगाउने जिम्मेवारी अनि दायित्व रहेको छ ।

May be an image of 1 person, dais and temple

उक्त कार्यक्रम अवध मिडिया जागरणको आयोजना, अवधी पत्रकार संघ कपिलवस्तुको समन्वय र कृष्णनगर नगरपालिका आर्थिकको सहयोगमा सम्पन्न भएको हो ।

 

अन्य समाचारहरु