काठमाडौँ- वर्षा यामका लागि सरकारले चीन र भारतबाट मल भित्र्याउन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असारको दोस्रो हप्तासम्म १ लाख ४१ हजार मेट्रिक टन मल नेपाल भित्रिने छ ।
हाल ५१ हजार मेट्रिक टन डिएपी मल विशाखापटमबाट निर्यात भइरहेको र नेपाल भित्रिन सुरू गरेको छ । त्यस्तै १० हजार मेट्रिक टन डिएपी मल भारतको कोलकोत्ताबाट नेपाल आयात भइरहेको जनाएको छ ।
जिटुजितर्फको २५ हजार मेट्रिक टन डिएपी जेठ ७ गतेबाट स्रोत मुलुकबाट नेपाल आउँदै गरेको र असारको दोस्रो हप्ताबाट नेपाल भित्रिन सुरू गर्ने कृषि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी २५ हजार मेट्रिक टन डिएपी स्रोत मुलुक चीनबाट चलान भइसकेको र आज कोलकोत्ता आइपुग्ने र असारको पहिलो हप्ताबाट नेपाल भित्रिने छ ।
त्यस्तै ३० हजार मेट्रिक टन युरीया मल जेठ २७ गते कोलकोत्ता आइपुग्ने र असारको पहिलो हप्ताबाट नेपाल भित्रिन सुरू हुने कृषि मन्त्रालय जनाएको छ ।