प्यालेष्टाइन संक्रमणकालीन सरकारद्वारा राजीनामा

प्यालेष्टाइन संक्रमणकालीन सरकारका प्रधानमन्त्री सलाम फयैदले आज सरकारको तर्फबाट प्यालेष्टाइन राष्ट्रिय परिषदका अध्यक्ष महमोद अब्बाससमक्ष राजीनामा-पत्र पेश गर्नु भएको छ।

          प्यालेष्टाइन संक्रमणकालीन सरकारले आजै रामाल्लाहमा जरुरी बैठकको आयोजना गरेको छ। श्री फयैदले उक्त बैठकमा श्री अब्बाससमक्ष राजीनामा-पत्र पेश गर्नुभएको हो। श्री अब्बासले सरकारको राजीनामा-पत्र ग्रहण गर्नुका साथै श्री फयैदलाई नयाँ सरकारको गठन गर्ने अधिकार दिनुभएको छ।

          प्यालेष्टाइन सरकारका प्रतिनिधीले सञ्चार-माध्यमसँग कुराकानी गर्दै नयाँ सरकारको मुख्य कार्यभार चालू वर्षको जुलाई महिनामा हुने स्थानीय समितिको निर्वाचन र सेप्टेम्बर महिनाको अन्त्यअघि हुने निर्वाचनका लागि तयारी गर्नु भएको बताउनुभयो।