नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल र सचिवमा रायमाझी सर्बसम्मत (तस्बिर सहित)

 

– नवीन केसी , अर्घाखाँची ।

एमाले अर्घाखाँचीको अध्यक्षमा पुनः पिताम्बर भुसाल र सचिवमा तोज बहादुर रायमाझी विधान सर्वसम्मत् चयन हुनु भएको छ।

May be an image of 5 people, dais and text

नवौं जिल्ला अधिवेशनबाट भुसाल र रायमाझी सर्वसम्मत् रुपमा चयन हुनु भएको हो ।नवौँ अधिवेशनमा पालिकाप्रतिनिधि ,आयोजक गरी ५ सय ६२ जना प्रतिनिधि मध्ये ५३२ प्रतिनिधि मतदानमा सहभागी भएका थिए ।

May be an image of ‎6 people, temple and ‎text that says "‎cron शमाजिी MCA মजদ जयबক मपर पिव्कनरी। नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला जिल्लाकमिटी कमिटी अर्ध्ासावी んたんキーン 专川ん 김E비3리이 नवैंजिल्ला अध देशन जिल्ला ခိုန်-၁ जष्ठ ၁၀ရ अर्घक BINA اي‎"‎‎

यसैगरी उपाध्यक्षमा निवर्तमान उपसचिव शम्भुप्रसाद पोखरेल र पूर्व प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेको उम्मेदारी परेको थियो ।

May be an image of 7 people and wedding

जसमा उपाध्यक्षमा शम्भुप्रसाद पोख्रेल निर्वाचित हुनु भएको छ। पोख्रेलले ३ सय २४ मत पाउँदा गैरेले १ सय ९९ मत पाउनु भयको थियो । उपसचिव खुलामा खगेश्वर पन्थी र श्रीकृष्ण भुसालको उम्मेदवारी परेको थियो । जसमा खगेश्वर पन्थी निर्वाचित हुनु भएको छ ।

May be an image of one or more people and crowd

पन्थीले ३ सय १४ र भुसालले १८९ मत प्राप्त गर्नु भयको थियो । महिला उपसचिवमा शिवकला बिक र गीता भाट क्षेत्रीको उम्मेदवारी परेको थियो । जसमा सिबाकला विकले ३ सय ४८ मत प्राप्त गरी विजयी हुनु भएको थियो ।

May be an image of 1 person and dais

भाटले १ सय ४९ मत प्राप्त गर्नु भयको थियो । सन्धिखर्कको महिला सदस्य पदमा कमला खनाल ,भण्डारी,दीपा आचार्य ,देवी थापा भुसाल ,मिश्रा आचार्य निर्वाचित हुनु भएको छ। यस्तै खुल्ला तर्फ रामबहादुर रायमाझी ,मोतीजङ रायमाझी ,लक्षमण पराजुली,लक्ष्मी नारायण चुदाली ,नारायण बहादुर बस्याल ,श्रीधर महत्रा क्षत्री , हिमबहादुर जिसी लेकाली र भारत न्यौपाने निर्वाचित हुनु भएको छ।

May be an image of 6 people and text

सन्धिखर्क ८ जनाको खुल्ला पदको लागि २३ जनाको उम्मदवारी परेको थियो । यस्तै सन्धिखर्कको युवा महिलामा श्रृजना आचार्य निर्वाचित हुनु भएको छ। अन्य ५ पालिकामा भने सर्वसहमत रुपमा नेतृत्व चयन भएको छ ।

 

अन्य समाचारहरु