रेमिट्यान्स १९ प्रतिशतले बढ्यो , १० महिनामा १२ खर्ब भित्रियो

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का १० महिनामा ११ खर्ब ८९ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षका १० महिनाको तुलनामा रेमिट्यान्स आय १९.२ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Record breaking remittance Inflow in Nepal, Due to which Foreign Reserve of Nepal has Seen Going up but Youths in Nepal Going Down, One Question: Is it a Good News or

राष्ट्र बैंकका अनुसार, १० महिनाको अवधिमा संस्थागत तथा नयाँ व्यक्तिगत गरी वैदेशिक रोजगारीका निम्ति तीन लाख ७४ हजार ८८७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३७ हजार ८९३ छ ।

गत वर्ष सोही अवधिमा संस्थागत तथा नयाँ व्यक्तिगत गरी वैदेशिक रोजगारीका निम्ति चार लाख २१ हजार २७९ जनाले श्रम स्वीकृति लिएका थिए ।