पछिल्लो समय गाउँ घरमा गाई भैंसी लगायतका बस्तु भाउ पालनमा कमी हुँदै गएको र रासायनीक मलको प्रयोग अत्यधिक बढ्दै गएकाले गड्यौलाबाट कम्पोस्ट मल बनाउने तालिम निकै प्रभावकारी हुने मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले बताउनु भयो ।
कम्पोस्ट मलको व्यावसायिक खेती गर्न सके रासायनिक मलको प्रयोगलाई न्युन गर्न सकिने र यो अभियान सफल पार्न गाउँपालिका पनि लाग्ने गाउँपालिका अध्यक्ष भट्टराईको भनाइ छ ।
कार्यक्रममा वडा अध्यक्ष तुल्सीराम मिश्र (तिलक)ले ५ नम्बर वडामा व्यवसायीक रुपमा कृषि गर्ने कृषक धेरै भएकाले यो तालिम निकै फलदायी हुने उहाँले बताउनु भयो।
सिपको सही सदुपयोग गर्न वडा सदस्य हुम बहादुर महतले तालिममा सहभागीलाई आग्रह गर्नुभयो । कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालको संचालनमा तालिम सुरु भएको छ ।