भूमिकास्थानमा बजार अनुगमनको प्रभाव: उपभोक्ताले वस्तुको लेवल हेर्न थाले (तस्बिर सहित)

 

-गोपालप्रसाद भट्टराई ,अर्घाखाँची ।

अर्घाखाँची –  स्थानिय सरकारले बजार अनुगमन गर्न थालेपछि ग्रामीण भेगमा पनि उपभोग्य बस्तुको लेवल हेर्ने बानीको विकास भएको छ ।

May be an image of 3 people and text

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले १० वटै वडामा नियमित रुपमा बजार अनुगमन गर्न थालेपछि नगरवासीहरुपनि उपभोग्य वस्तुको गुणस्तर हेरेर मात्रै उपयोग गर्न थालेका हुन् । `सुरु–सुरुमा त हामी अनुगमनमा जाँदा पसलेहरु ढोका लाएर हिड्ने गर्नुहुन्थ्यो, अहिले व्यवसायि र उपभोक्ता दुवै सचेत हुंदै जानुभएको छ ।´ नगरस्तरिय बजार अनुगमन टोलिका संयोजक तथा भुमिकास्थानका सहकारी, उद्योग शाखा प्रमुख शंकर अधिकारीले भन्नुभयो ।

May be an image of 5 people and text that says "COLKA Caant TEC 酒 123 बुल"

नगरपालिकाबाट नियमित अनुगमन, सूचना सम्प्रेषण र सचेतनामुलक अभियान संचालन गर्न थालेपछि अहिले आफ्नो व्यवसाय दर्ता गर्ने, सामानको लेभलिङ्ग जाँच गर्ने र राज्यलाई कर तिर्ने कुरामा समेत व्यवसायिहरु अग्रसर बन्न थाल्नुभएको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाको भनाई छ ।

May be an image of 3 people

व्यबसायिले मात्रै नभएर अहिले उपभोक्ताले समेत दैनिक उपभोग्य बस्तुमा हुनुपर्ने लेभलको जाँच गरेर प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको नगर प्रमुख थापाको भनाई छ । उपभोग्य वस्तुमा उत्पादन मिति, एक्सपायर मिति र बिक्री मुल्य जस्ता लेभल हेरेर खरिद बिक्रि गर्ने, कानुनी मापदण्ड अनुसार व्यवसाय दर्ता गर्ने र राज्यलाई कर तिर्ने बानीको विकास भएको देख्दा आफुलाई निकै खुशी लागेको भूमिकास्थान नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले बताउनुभयो ।

चालु आर्थिक बर्ष २०८०÷०८१ को ११ महिनामा १० वटै वडामा ६ पटक बजार अनुगमन गरिएको र जसबाट अघिल्ला बर्षहरुमा भन्दा व्यवसायी र उपभोक्तामा सचेतना बढेको पाइएको प्रमुख प्रशासकिय अधिकृत जग्दीश चन्द्र नेपालीको भनाई छ ।

May be an image of 4 people, newsagent and text

ब्यापार, व्यवसायमा गुणस्तरिय सेवा र वैद्यता प्रदान गर्नाले पालिकाको आन्तरिक आयमा वृद्धि हुने र नागरिकको स्वास्थ्यमा समेत सुधार आउने प्रमुख प्रशासकिय अधिकृत नेपालीको विस्वास छ ।  यस अगाडि ढाकावाङ्ग, धारापानी, असुरकोट, खिल्जी, ढिकुरा र धनचौरका विभिन्न स्थानमा बजार अनुगमन गरिसकेको भूमिकास्थानले आइतबार भूमिकास्थान–७ को सलेन्धारा, घोराखोरी, पाण्डाँडा र भूमिकास्थान–८ को हटिया बजारमा अनुगमन गरेको छ ।

May be an image of 3 people and text

अनुगमन टोली संयोजक अधिकारीको नेतृत्वमा, प्रशासन शाखा प्रमुख तुल्सी प्रकाश गिरी, राजश्व शाखा प्रमुख जगत प्रसाद भुसाल, चेम्बर अफ कमर्शका प्रतिनिधि ज्ञानु श्रेष्ठ, नगर स्तरिय उद्यम विकास सहजकर्ता बन्दना रावत र खिल्जी प्रहरी चौकीको प्रहरी टोलीले ति स्थानका २५ वटा बढि पसलहरुमा अनुगमन गरेको बताइएको छ ।

अनुगमन गर्दा केही पसलहरुमा मुल्यसुची नभएको, केही पसलमा बेकरी आइटम, बिस्कुट, चाउचाउ, मसलाजन्य खाद्य वस्तु, सुर्तिजन्य पदार्थ, मिठाइ र जंकफुड जस्ता म्याद गुज्रिएका सामान र इजाजत नलिइ बेच्न राखेका सामानहरु जफत गरिएको अनुगमन टोलीले जनाएको छ ।

यस्तै केही ब्यवसायीहरुले पसल दर्ता नगरेको, दर्ता अनुसारको सेवा प्रवाह नगरेको, नविकरण नगरेको, बोर्ड तथा मुल्यसुची नराखेको पाइएको टोली संयोजक शंकर अधिकारीको भनाइ छ ।

उहाँका अनुसार टोलीले म्याद गुज्रिएका ६ हजार बराबरको सामान जफत गरि नष्ट गर्नुका साथै दर्ता नभएका र नविकरण नगरेका पसलेहरुलाइ ३५ दिनभित्रमा नगरपालिकामा गइ पसल दर्ता र नविकरण गर्न निर्देशन गरिएको टोलिले बताएको छ ।

 

अन्य समाचारहरु