-हृदय भुसाल अर्घाखाँची ।
अर्घाखाँची । जिवन आधारको माटो,आत्मनिर्भरता र समृद्धिको बाटो भन्ने मुल नाराका लिएको काठमाण्डौ महानगरपालिका वाड १३ मा रहेको जनता एग्रो फरेष्टी र सन्धिखर्क नगरपालिका,पाणिनी गाउँपालिका संगै साथी बहुउदेश्य सहकारीका संस्था बिच कृषानका उत्पादित कृषिजन्य बस्तुको समर्थन मुल्यमा बजारीकरणका ग्यारेन्टीका लागी आज एक कार्यक्रमको बिच सन्धिखर्क नगरपालिकामा सम्झौता भएको छ ।
कृषि जन्य बस्तुको उत्पादन र बजारीकरणको कार्य गर्दे आएको कम्पनीले पालिका संग सम्झौता भएका कृषि उपज बस्तुहरुको उचित मुल्यमा खरिद गर्नेछ भने यता नगरपालिका र गाउँपालिकाले स्थानिय तहमा बिभिन्न समुह बनाई उत्पादन कार्य गरि समुह संग सम्झौता गरि आर्थिक उर्पाजन र उत्पादनको कार्यमा अगाडी बढ्ने छन्। कम्पनी पालिका र कृषि समुह बिच अर्को सम्झौता समेत हुनेछ ।
ब्यवसायिक कृषिका माध्यमबाट उचित मुल्य र बजार प्रवद्र्धनका लागी दुई पक्ष बिच भब्य कार्यक्रमका बिचमा समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख एवम कार्यक्रमका प्रमुख अथिती जिवनारायण कोईरालाले कम्पनीले बजारीकरणको ग्यारेन्टी,बिश्वासनियता कायम गरे अर्घाखाँची जिल्लामा अझै धेरै कृषीजन्य बस्तुको उत्पादनमा बृद्धि हुने भन्दै जिल्लामा धेरै कार्यक्रम गरेपनि सफल नएकोले यस्तो कार्यक्रम कृषानको बिचमा बिश्वासका साथ अगाडी बढाउनु पर्ने बताए ।
प्रमुख कोईरालाले भने,‘बाजाँगाजा सहित उल्लासपुर्ण वातारणमा गरिएको सम्झौता पछि सम्म पनि यस्तै गरि अगाडी बढोस,यो कार्यक्रमले सवैलाई उत्साहित बनाएको छ,जनताको आर्यआर्जन तथा आर्थिक बिकास र स्वरोजगारमा यस्तो प्रकारको कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने छ,अझै पनि पाणिनीमा उप्पादन भएको छुर्पीले बजार पाएको छैन्,कृषानहरु बिचौलियाको मारमा छन्,कृषानलाई उत्साहित गरि आर्थिक बिकासमा सवै लागौँ,समन्वयको तर्फवाट सवै प्रकारको सहयोग हुनेछ’।
कार्यक्रमका अध्यक्ष एवम सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले यस्तो प्रकारको सम्झौता र कार्यक्रमले सिंगो नगरलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन महत्वपुर्ण भुमिका खेल्ने भन्दै यो कार्यक्रमलाई अभियानकै रुपमा टोल टोल सम्म माटो,पानी,बातावरणका साथै किशानको मागका अधारमा अगाडी बढाईने बताए । नगरप्रमुख श्रेष्ठले भने,‘अव हामी तुरुन्तै गाउँ गाउँमा कृषक समुह गठन गरि अगाडी बढ्दै छौं, पालिकाले ब्यवसायिक रुपमा गर्ने कृषानका लागी यान्त्रिकरण,बिउँबिजन,प्राबिधिक बिज्ञ सहयोग गर्ने छौँ,यो कार्यक्रममा हुने खेतीहरुलाई जंगली जनावर कुनै पनि असर पार्देन,अव रोजगारका लागी विदेश गएका युवाहरुलाई समेत स्वदेश फर्काउने गरि अभियानकै रुपमा हामीहरु अगाडी बढ्ने छौँ’।
जनता एग्रो फरेष्टिका अध्यक्ष एवम बरिष्ट उधोगपति पवन कुमार गोल्यानले कृषानको आर्य आर्जनमा बृद्धि,अर्गानीक खेती,बिभिन्न उत्पादन प्रकृया र बजारकरणमा जोड्ने गरि कम्पनी अगाडी बढेको भन्दै कृषानको क्षमता अभिबृद्धि निति निमार्णमा र बातावरणिय परिवर्तनमा सहयोग गर्ने समेत उदेश्य रहेको बताए ।
अध्यक्ष गोल्यानले भने,‘म ६५ बर्ष भए पनि यस्तो कृषी कर्ममा जोडिएको छु,तपाईहरु पनि जोडिनुस,समुह मार्फत,यो कम्पनीमा सिधै लागानी गरि एक लाख देखी ५ करोड सम्म लगानी गर्न सक्नुहुनेछ हामी सवैको साझा कम्पनी बनाई अगाडी बढ्न खोजेका छौँ’।
कम्पनीले दुई पालिकामा समुह मार्फत उत्पादन भएका अदुवा,वेसार,टिमुर,कफि दाते ओखर,छुर्पि गाईको ध्यु खरिद गर्ने भन्दै कम्पनीको मुख्य उदेश्य स्थानिय कच्चा प्रदार्थको प्रयोग,स्थानिय उत्पादन रैथाने बाली प्रबर्द्धन र सामुहिकतामा आर्थिक बिकास र समृद्धि रहेको कम्पनीका उपाध्यक्ष भोज बहादुर शाहले बताए । कार्यक्रममा कम्पनीका बिज्ञ प्रेम बहादुर लामा,पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
स्थानिय महिला कलाकर्मिहरुले प्रस्तुत गरेको बाजागाँजाको सुभ साईतमा गरिएको सम्झौता कार्यक्रममा दुई पालिका र सहकारीका पदाधिकारी बिभिन्न संघ,संस्था पत्रकार र कृषानहरुको उपस्थितीमा उल्लासमय बातावरणमा सम्झौता गरिएको छ ।
कार्यक्रम नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता,कम्पनीका उपाध्यक्ष भोज वहादुर शाहको स्वागत र सन्धिखर्क नगरपालिका कृषि शाखाको प्रमुख राजेन्द्र भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।