भुमिकास्थान: धन्चौर स्थित जनजागृति माध्यमिक बिधालयको बिधालय ब्यबस्थापन समिति गठन (तस्बिर सहित)

 

-हृदय भुसाल अर्घाखाँची ।

धन्चौर – भुमिकास्थान नगरपालिका वाड न १० धन्चौरमा रहेको जनजागृति माध्यमिक बिधालयको बिधालय बिधालय ब्यबस्थापन समिति गठन भएको छ ।

May be an image of 12 people and people smiling

लामो समयदेखी अघिल्लो बिधालय ब्यबस्थापन समितिको पदावधि सकिदा पनि बन्न नसकेको बिधालय समिति शुक्रबार सर्बसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो ।

रुद्रलाल चुदालीको अध्यक्षतामा बनेको कार्यसमिति सदस्यमा वाड अध्यक्ष खगेस्वर पन्थी, सुधीर नेपाली,जालन्धर भट्टराई, माया पान्डे, नुमा बुढा,तुल्सा बिक,सदस्य सचीव प्रधानध्यापक पिताम्बर खनाल सहित एक जना शिक्षक प्रतिनिधि रहने गरि ९ सदस्य नयाँ कार्य समिति चयन भएको  छ ।

May be an image of 2 people and people studying

साथै सोही अभिभाबक भेलाले नवीन घमको अध्यक्षतामा ९ सदस्य  शिक्षक अभिभाबक संघ समेत गठन गरेको छ ।

May be an image of 10 people and text

अभिभावकको भेलालाई सम्बोधन गर्दै भुमिकास्थान नगरपालिका उपप्रमुख एबम कार्यक्रमका प्रमुख अथिती बालकृष्ण बन्जाडे ले नयाँ निर्वाचित समितिलाई बधाई सुभकामना व्यक्त गर्दै सहकार्य,सहमति र एकता बाट अगाडी बढ्नु पर्ने भन्दै बिधालयको शैक्षिक गुणस्तर बिकासका लागि सबै पक्ष एक भयर लाग्नु पर्ने बताउनु भयो ।

May be an image of one or more people, people studying and temple

कार्यक्रमको अध्यक्ष एबम भुमिकास्थान नगरपालिका शिक्षा शाखा प्रमुख तुबलाल सापकोटाले बिधालयको वृद्धि बिकासमा सबै सरोकारवालाहरुले ध्यान दिनु पर्ने भन्दै शिक्षक,बिद्यार्थी र अबिभाबक सम्बन्ध लाई विशेष समन्व गरि अगाडी बढ्नु पर्ने बताए ।

May be an image of 12 people, people smiling and temple

२०१६ सालमा स्थापना भएको बिधालय अहिले कक्षा १२ सम्म  अध्ययन हुदै आएको छ । बिधालयले  धेरै ख्याति प्राप्त ब्याक्तित्व हरु समेत उत्पादन गरेको छ  ।

May be an image of 12 people and people smiling

अभिभावक भेलामा वडा स्थित राजनीति दल, जनप्रतिनिधि,अभिभावक पुर्ब समिती,चन्दादाता,जग्गादाता,अक्षयकोष दाता, पुर्ब बिधालय ब्यबस्थापन समितिका पदाधिकारी शिक्षक सहित सरोकारवालाको उपस्थितिमा भएको सम्पन्न भएको थियो ।

May be an image of 2 people and people studyingMay be an image of one or more people, people studying and temple

भेला नगर शिक्षा शाखा प्रमुख टुबलाल सापकोटाको अध्यक्षता प्रधानध्यापक पिताम्बार खनालको संचालन शिक्षक तेजबन्ती खत्रीको स्वागत मन्तब्य रहेको थियो ।

 

अन्य समाचारहरु