काठमाडौं । टी २० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ ।
नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन् ।
नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडे ।
सन्दीप लामिछानेले टी २० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी थोरै खेलमा विकेटको शतक पुरा गर्ने दोस्रो खेलाडी बने ।