धनुषा : सतलोक आश्रममा दाइजो मुक्त बिवाह समारोह सहित कबिर प्रकट दिवस मनाइने ।

 

जनकपुरधाम धनुषा : मिथिला नगरपालिका २ बेलाचापीमा रहेको सतलोक आश्रममा सन्त रामपालजी महाराजको सान्निध्यामा परमेश्वर कबीर साहेबको ६२७ औं प्रकट दिवसको भव्य तयारी भईरहेको छ ।

यही असार ६, ७ र ८ गते हुने तीन दिवसीय प्रकट दिवसको तयारी तिब्र भईरहेको आश्रमले जनाएको छ । परमेश्वर कबीर साहेब ६२७ बर्ष पहिले जेष्ठ पुर्णिमाका दिन कासी बनारस सहरको लहरतारा नामक तालमा कमलको फुलमा प्राकाट्य भएको मानिन्छ। सोही अवसरमा प्रत्येक वर्षझै यस वर्ष पनि आश्रममा प्रकट दिवस मनाउन लागिएको हो ।

दिवसको अवसरमा तीन दिवसीय महासमागको आयोजना समेत गरिदै छ । तीन दिवसीय प्रकट दिवसमा दाईजो मुक्त सामुहिक विवाह, रक्तदान शिविर, अखण्ड पाठ, विशाल भंडारा, निःशुल्क मन्त्रदीक्षा र विशाल सत्यसंग समारोहको आयोजना भईरहेको जनाइएको छ ।

आश्रमले धार्मिक भण्डारामा इच्छुक सबैलाई सपरिवारसहित सहभागि हुन आमन्त्रण समेत गरेको छ । उक्त कार्यक्रममा देश विदेशबाट लाखौंको संख्यामा श्रद्धालुभक्तजनहरु आउने बताइएको छ ।