पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाउ || सांसद गुरूङ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्ध लगाउन माग गरेका छन्।

मुलुकमा आर्थिक सुशासन कायम गर्न सरकारले तत्काल पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाउनुपर्ने कांग्रेसका उपसभापतिसमेत रहेका गुरूङले बताए।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएका खण्डमा मुलुकका भ्रष्टाचार र राजश्व चुहावटसमेत नियन्त्रण हुने दाबी गरेका थिए।