इराकको पूर्वी क्षेत्रमा आत्मघाती बम विष्फोटबाट तीस जना हताहत

इराकको पूर्वी क्षेत्रको दियाला प्रान्तमा हिजो सैनिक-प्रहरीमाथि लक्ष्य रहेको आत्मघाती बस बम विष्फोट आक्रमण हुँदा आठ जनाको मृत्यु हुनुका साथै तीस जना घाइते भएका छन्।

हिजै आक्रमण गर्ने व्यक्तिले बमवाहक बस चलाएर एउटा सैनिक-प्रहरी जाँचबुझ चौकीमा ठोक्काएर बम विष्फोट गराएको थियो। उक्त हताहतीबाहेक विष्फोटमा आठ वटा बस पूर्ण रुपमा ध्वस्त भएका छन्।

दियाला प्रान्त इरानसँग जोडिएको र सन् 2003 अमेरिकी सेना इराकमा प्रवेश गरेपछि त्यहाँ अल-काइदा र अमेरिकाविरोधी सशस्त्र समूहको गतिविधि सबैभन्दा बढी भएका क्षेत्रहरुमध्येको एक हुँदैआएको छ।