-सुर्य प्रसाद भुसाल, अर्घाखाँची।
अर्घाखाँची,अषाढ ८- बरिस्ठ निर्माण ब्यबसायि राजकुमार बिडारिले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्नँ भन्न नमिल्ने बताउदै निर्माण ब्यबसायिको समस्यामा सरकार गम्भीर हुन नसकेको बताएका छन ।
अर्थमन्त्री बर्षमान पुनले बजेट सार्वजनिक गर्दा पनि निर्माण व्यवसायीहरूलाई सरकारले तत्काल भुक्तानी दिने गरि बजेट ब्यबस्थापन नगरेको प्रति ईङ्कित गर्दै बरिस्ठ निर्माण ब्यबसायि बिडारिले यस्तो बताएका हुन । शनिबार सन्चारक्रमिहरु सग कुराकानी गर्दै बिडारि निर्माण सेवाका सन्चालक ब्यबसायि राजकुमार बिडारिले अर्थमन्त्रि बर्षमान पुनले वर्तमान सरकार विगतको सरकारको निरन्तरता हो भन्ने कुरा बिर्सन नहुने बताए।
ब्यबसायि बिडारिले भने निर्माण व्यवसायीहरूलाई भुक्तानी दिन नसक्ने कुरा गलत हो सरकारले अहिले म्याद थप गर्ने ३ हजार आयोजनाको ४ खर्ब रुपैयाँ भुक्तानी गर्न सक्दैन भनेको छ । यो कुरा स्वीकार अर्थमन्त्री ले गरेका छन तर विगतका वर्षहरूमा विगतका सरकारहरूले गरेका कमीकमजोरीलाई यो सरकारले त्यसको अपनत्व गर्दिनँ भन्न नमिल्ने जिकिर गरे । यो सरकार विगतका सरकारको निरन्तरता हो भन्ने कुरा अर्थमन्त्रीले बिर्सनु हुन्न । यसको निकास दिने जिम्मेवारी अर्थमन्त्रीको हो।’ब्यबसायिले भुक्तानी पाउनु पर्छ।
सरकारले निर्माण कार्य सकेका आयोजनाको सरकारबाट पाउनु पर्ने भुक्तानी तत्काल व्यवस्था गर्नुपर्ने उनकाे भनाइ छ। ब्यबसायि बिडारि भन्छन भुक्तानीको व्यवस्थापन गर्न नसक्ने भए त्यस्ता आयोजनाहरूलाई सरकारले खारेज गर्न पर्छ ।
उनले सरकार अभिभावक भएको भन्दै जनतालाई भ्रमित गर्ने काम, निर्माण उद्योगलाई ध्वस्त बनाउने काम गर्न नहुने पनि बताए।
निर्माण व्यसायीहरूलाई समाप्त गरेर निर्माण व्यवासायी मात्रै समाप्त नहुने भन्दै मुलुकको अर्थतन्त्र समाप्त हुने उनकाे भनाइ छ। बिडारि नेपालका धेरै ठाउमा काम गर्ने ठुलो निर्माण कम्पनीका सन्चालक हुन। उनले लुम्बिनी प्रदेसका धेरै ठाउमा निर्माण को काम गरि रहेका छन ।भने अर्घाखाँचीको हाडेकोट बृहत् लिफ्ट खानेपानी अायोजनाको काम गरिरहेका छन ।