काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।
अख्तियारका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो।
अख्तियार स्रोतका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो।
दुई फाइलको अनुसन्धान करिब–करिब टुंगो लागिसकेको र अब मुद्दा दायर गर्ने निर्णय गरिएको हो।