भूमिकास्थानले ल्यायो ८६ करोड ८८ लाखको बजेटः स्वरोजगार र उत्पादन पहिलो प्राथमिकतामा (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई, भूमिकास्थान ।

असार–१०,अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँको बजेट पेश गरेको छ । सोमबार सम्पन्न नगरसभा तथा १५ औँ अधिवेशनमा नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले बजेट पेश गर्नुभएको हो ।

May be an image of 3 people, dais and text

यो बजेट चालू आर्थिक वर्षको भन्दा ३० लाख ११ हजार रुपैयाँले बढी हो । चालु आर्थिक वर्षमा भूमिकास्थानले ८६ करोड ५८ लाख ३६ हजार बराबरको बजेट खर्च गरिरहेको छ ।

नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको कुल बजेट मध्ये ५७ करोड १० लाख ६२ हजार अर्थात ६५.७३ प्रतिशत चालु तर्फ विनियोजन गरिएको छ भने २९ करोड ७७ लाख ८५ हजार अर्थात ३४.२७ प्रतिशत रकम पुँजीगत तर्फ छुट्टयाइएको छ ।

May be an image of one or more people

भूमिकास्थानको कुल बजेटमा ७० लाख रुपैयाँ आन्तरिक आय हुने अनुमान छ ।

May be an image of 9 people

प्रस्तुत बजेटमा संघिय वित्तीय सामानीकरण अनुदान ११ करोड ०२ लाख, संघिय सशर्त अनुदान ३५ करोड ५२ लाख ६५ हजार, संघिय राजश्व बाँडफाँड ११ करोड १०
लाख ११ हजार, संघिय सरकार विशेष अनुदान पुँजीगत ५५ लाख, संघिय सरकार समपूरक अनुदान पुँजीगत १ करोड, संघिय सरकार रोयल्टी २७ लाख ८८ हजार
प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

May be an image of 8 people

यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ७४ लाख ८२ हजार, प्रदेश सरकार समपूरक अनुदान १ करोड ५ लाख, प्रदेश नवप्रवर्द्धन म्याचिंग १ करोड, प्रदेश सशर्त अनुदान १ करोड १० लाख र प्रदेश राजश्व बाँडफाँड तर्फ १ करोड ४० लाख रहने आंकलन गरिएको छ ।

May be an image of 9 people, beard, people studying and dais

आगामी आर्थिक वर्षमा तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि भूमिकास्थानले १० करोड ६९ लाख ८१ हजार विनियोजन गरेको छ । भने जेष्ठ नागरिक दीर्घसेवा सम्मान तथा सामाजिक सुरक्षा कर्यक्रमको लागि १८ करोड ५० लाख विनियोजन भएको छ ।

May be an image of 5 people

भूमिकास्थानले जेष्ठ नागरिक दीर्घसेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रम बाहेकको कुल विनियोजित बजेट ६८ करोड ७४ लाख ३८ हजार मध्ये आर्थिक विकास तर्फ ३२ करोड ८९ लाख ९४ हजार अर्थात ५ प्रतिशत, सामाजिक विकास तर्फ ३९ करोड ७९ हजार ३१ हजार अर्थात ५८ प्रतिशत, पूर्वाधार विकास तर्फ १३ करोड ९१

May be an image of 5 people

लाख अर्थात २० प्रतिशत, वन वातावरण तर्फ ४० लाख र सुशासन तथा संस्थागत विकास क्षेत्रमा १० करोड ९९ लाख ४९ हजार अर्थात १६ प्रतिशत बजेट विनियोजन गरेको छ ।

May be an image of one or more people

भूमिकास्थान नगरपालिकाले आगामी आर्थिक वर्षमा रोजगारी, स्वरोजगार र उत्पादनलाई पहिलो प्राथमिकतामा राख्ने नीति लिएको नगर प्रमुख झविलाल थापाले बताउनुभएको छ ।

May be an image of 3 peopleMay be an image of 3 people, dais and text

जस अनुसार नवप्रवर्द्धनात्मक कार्यक्रम अन्तरगत कर्मशील जनशक्ति परिचालन गर्ने, बाँझो जग्गामा व्यवसायीक खेती गर्न सूचीकृत बेरोजगारलाई काममा लगाउने, आगामी आर्थिक बर्षमा ५ सय व्यक्तिलाई स्वरोजगार बनाउने गरी हस्तकलाका सामग्री उत्पादन र बजारीकरणमा संलग्न गराउने नगरपालिकाले निति तथा कार्यक्रम बनाएको नगर प्रमुख थापाको भनाई छ।

May be an image of 12 people, temple and text

भूमिकास्थानले नगरस्तरिय मुख्य सडकको अतिरिक्त वडा स्तरका १० वटा सडकमा समेत कालोपत्रेको कार्य प्रारम्भ गर्ने गरि बजेटको व्यवस्था गरेको छ ।

May be an image of 2 people, dais and text

यस्तै आगलागी बाट हुने जोखिम न्यूनिकरणको लागि नगरपालिकाले सामूदायिक वनसँगको समन्वयमा वस्तिको नजिक रहेका पातपतिंङ्गर तथा झाडि संकलन गरी कम्पोष्ट मल बनाउने निति लिएको छ ।

May be an image of 2 people and text

यस्तै भूमिकास्थानले पूर्वाधार, भू–उपयोग र अधुरा योजनाहरूको निरन्तरता दिने, कृषि तथा पशुविकास कार्यक्रम, शिक्षा विकास, नियमित सडक मर्मत.सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाइ एवम् हरियाली निर्माण सूचना प्रविधि तथा डिजिटल प्रणालीको उपयोग, सहकारी तथा रोजगार प्रर्वद्धन, पर्यटन तथा उद्योग र वाणिज्य प्रवर्द्धन तथा युवा तथा खेलकुद विकासलाई प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत जग्दिशचन्द्र नेपालीले जानकारी दिनु भएको छ ।

थप तस्बिर :
May be an image of 3 people, dais and text
May be an image of one or more people
May be an image of 9 people
May be an image of 8 people
May be an image of 9 people, beard, people studying and dais
May be an image of 5 people
May be an image of one or more people
May be an image of 3 people
May be an image of ‎3 people and ‎text that says "‎गते हो ان‎"‎‎
May be an image of 4 people, dais and text
May be an image of 5 people and hospital
May be an image of 12 people, temple and text
May be an image of 5 people
May be an image of 5 people
May be an image of 3 people

अन्य समाचारहरु