जूलाई महिनादेखि अमेरिकी सेना अफ्गानिस्तानबाट हट्नुका साथै सन् 2014को अन्तिमअघि सुरक्षा कार्य अफ्गानिस्तानी सुरक्षा विभागलाई पूर्ण रुपमा हस्तान्तरण गर्ने कुरा अमेरिकी विदेशी मन्त्री हिलारी क्लिन्टनले आज दोहोर्याउनुभएको छ।
श्रीमती हिलारीले आज न्युयोर्कमा भाषण गर्दै चालुवर्ष अफ्गानिस्तान र पाकिस्तानको मामिलामा अमेरिकाले कुटनैतिक तरिकामा अझ बढी ध्यान दिएर यो यस क्षेत्रमा दीर्घकालिन शान्ति मात्रै सोचिएको बताउनुभयो।
अफ्गान सरकारको नेतृत्व शक्ति झन् झन् बढी भएको हुनाले भविष्यमा शान्ति वार्ताको तरिकामार्फत अफ्गानिस्तानलाई स्थिर पार्ने मौका रहेको छ।
उहाँले तालिवानलाई अल काइदासँगको सम्पर्क त्यागेर सशस्त्र विद्रोह छोडी अफ्गानी संविधानलाई स्वीकार गर्न ताकिता पनि गर्नुभएको छ।