– प्रेमनारायण आचार्य
अर्घाखाँची ८ फागुन । सदरमुकाम सन्धिर्खकमा आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भन्दा अतिथीको सख्या उल्लेखिय रहेको थियो ।
१७ औ जिल्ला परिषद अर्घाखाचीको आईतवार उढ्घाटन गरीएको परिषदको बैठकमा सहभागी लगभग ५० जना देखिन्थे भने अतिथीमा ११६ सचालकबाट अतिथीको रुपमा आशन ग्रहण गराएपछि यो कुरा प्रमाणीत भएको हो । एउटा सगठनबाट मात्रै झन्डै २५ जनालाई जिविसले अतिथी बनाएको थियो ।
कार्यक्रममा बोल्दै वार एसोसियसनका अध्यक्षँ के वि भुसालले विचार गदै अव आउने परिषदमा दलका नेताले आफना परिवारको सबै सदस्यलाई अतिथी बनाउन आग्रह गरेका थिए ।
कार्यक्रमलाई छुटटाईएको झन्डै २ घण्टाको समयमा आधा समय जति अतिथी आशन ग्रहणमा सकिएपछि सहभागीहरु वाक्क दिक्क भएको अनुभुति गरेका थिए ।
उढ्घाटन कार्यक्रममा मन्तव्य राख्दै एकिकृत नेकपा माओवादी स्थायी समिती सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी टोपबहादुर रायमाझीले अन्य बेलामा विभिन्न राजनैतिक दलहरु जताजता फफिएपनि विकासको लागी एकजुट हुन आग्रह गर्नुभएको थियो ।
उहाले अर्घाखाँचीको विकासका लागी आफुले हरसम्म प्रयास गरेको उल्लेख गदै आगामी दिनमा झनै धेरै प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । देशको आर्थीक विकासका लागी देशमा स्थायी सरकार आवश्यक पर्ने भएकाले पनि यो संक्रमणकालमा सोचे जस्ता विकास गर्न नसकिएको उहाले स्वाकार गर्नुभयो ।
कार्यक्रममा काग्रेस केन्द्रिय सदस्य तथा सभासद पुष्पा भुसाले देशको निकासका लागी सबै दल मिल्लुको विकल्प नभएको भएपनि राष्टमा लामो समय सम्म देशलाई सरकार विहीन गराई राख्न नचाएकाले आफनो पार्टीले एमाले नेतृत्वलाई स्वार्कार गर्नुपरेको स्पष्ट पार्नुभयो ।
कार्यक्ममा सभासद नजीर मियासन्त बहादुर नेपाली लगाएतले आर्थीक उन्नती विना देश विकास सभ्भव नभएको बताउदै पहिलो प्राथामिता आर्थिक क्रान्तिलाई नै दिनुपर्नेमा जोड दिनभुयो ।
कार्यक्रमा स्थानिय विकास अधिकारी पुन्य विक्रम पौडेलले आव ०६७,६८ को लागी कुल १ अर्व १ करोड ४० लाख ८५ हजार र ०६८, ६९ का लागी १ अर्व ५० करोड ४६ लाख ६८ हजार चालु र पुजिगत रकम प्रस्तावित गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने दलका नेताले बाहिक सबै जसो बत्ताले आयोजकको अतिथी आशन ग्रहणको सुचीलाई नै आफनो ईसु बनाएका थिए ।