काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ।
बिहीबार पार्टी कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गरि सात उपाध्यक्ष राख्ने निर्णय गरेको हो । ७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने पार्टि प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
त्यस्तै, सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ । योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ। बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय पनि गरेको छ । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको थियो ।
एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौँमा हुँदैछ ।