पत्रकार महासंघ अर्घाखाँची शाखामा निर्बाचित समितिलाई पद तथा गोपनीयताको सपथ खुवाइयो

-प्रेमनारायण आचार्य


अर्घाखाँची ९ फागुन – नेपाल पत्रकार महासंघ अर्घाखाँचीका नब निर्बाचित कार्य समिति तथा सभासदलाई आज निर्बाचन समितिका संयोजक बिष्णुप्रसाद खनाल मुस्कानले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ ।


पत्रकार महासंघको चौथो जिल्ला अबिधेसनवाट निर्वाचित कार्य समिति तथा सभासदहरुले आज पत्रकार महासंघको पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।


चौथो जिल्ला अबिधेसनवाट अध्यक्ष सोभाखर पन्थि,उपाधयक्ष हिमबहादुर जिसि लेकाली,सचिब प्रेमनारायण आचार्य,सहसचिब रिसीराम भुसाल र कोषाध्यक्षमार् इन्द्रमणि भुसाल निर्वाचित भएका छन् ।


त्यसैगरि सदस्यहरुमा शेसकान्त घिमिरे, माया भुसाल, असोक पौडेल, मधुकुमार श्रेष्ठ र पार्बता श्रेष्ठ निर्बाचित भएका थिए । त्यसै गरि सभासदमा बिष्णु प्रसाद भुसाल, नीमबहादुर रिजाल, असोक खनाल, विरेन्द्र केसी र प्रेमनारायण गैरे निर्बाचित भएका हुन।


कार्यक्रममा मन्तब्य राख्दै एकिकिृत नेकपा माओवादीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझिले सत्य तथ्य र यथार्थमा रहेर काम गर्न पत्रकारहरुलाई आग्रह गरे । पत्रकारहरुको हक र पेसागत सुरक्षाको लागि आफुले हरदम प्रयास गर्ने उनले बताए ।


कार्यक्रम निर्वाचन समितिका संयोजक बिष्णुप्रसाद खनाल मुस्कानको अध्यक्षता र सदस्य रामबहादुर रायमाझिको संचालनमा सम्पन्न भएको हो ।


निर्वाचन हिजो सम्पन्न भएको बुझिएको छ ।




अन्य समाचारहरु