संयुक्त राष्ट्र संघको जलवायु परिवर्तन सन्धि सम्बन्धि संस्थाले पाकिस्तानको निजी क्षेत्रसँग फोहोरलाई उर्जामा परिवर्तन गर्न सहयोग गर्ने भएको छ ।
सो संस्थाका कार्यकारी सचिव क्रिस्टिएना फिगेरसले पाकिस्तानलाई जलवायु परिवर्तनका विषयमा सहयोग गर्ने बताउनु भयो ।
जानकारी अनुसार तीन लाख टन फोहोरलाई उर्जामा परिवर्तन गर्न एक करोड युरो लगानी लगाउने भएको छ । साथै सोबाट पन्ध्र वर्षसम्म वार्षिक रुपमा दश करोड अमेरिकी डलर आम्दानी हुने अनुमान गरिएको छ ।