न्यूजिल्याण्डमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ६५ जनाको मृत्यु


न्यूजिल्याण्डमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । दोस्रो ठूलो शहर क्रिष्टचर्चमा गएको भूकम्पमा मर्नेहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन् ।

 

स्थानीय समय अनुसार मध्यान्ह १२ बजेर १५ मिनेट जाँदा गएको भूकम्पबाट सयौं भवन भत्किएका छन् । प्रधानमन्त्री जोन किले बिबिसीलाई भनेका छन्, ‘मैले न्यूजिल्याण्डको अँध्यारो भविष्य देखेको छु ।

 

भूकम्पले सयौंलाई पुरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भूकम्पपछि न्यूजिल्याण्डका अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ । विजुली र खानेपानी अवरुद्द भएको छ ।

 

क्रिष्टचर्चका मेयर बब पार्करले संटककाल घोषणा गर्न माग गर्दै सर्वसाधारणलाई शहरको केन्द्र खाली गर्न आहृवान गरेका छन् ।

 

 

अफगानिस्तानको उत्तर भागमा भएको बम विस्फोटनमा चालिस जना हताहत

 

अफगानिस्तानको उत्तर भागको कुन्दुस प्रान्तमा आज विहान भएको एउटा आत्मघाति बम विस्फोटनमा हालसम्म कम्तिमा चालिस जना हताहत भएका छन्।

कुन्दुस प्रान्तको स्थानिय अधिकारीले सो घटनाबारे सिन्हा समाचार समितिका पत्रकारलाई जानकारि दिनु भएको हो।


सन 2009 पछि कुन्दुस प्रान्तमा बम विस्फोटनको घटना बढ्दै गएको छ। केहि महिनादेखि अफगानिस्तानका राष्ट्रिय सेना र अफगनिस्तानका लागि नेटो अन्तर्राष्ट्रिय सुरक्षा सेनाले सो क्षेत्रमा तालिवान सशस्त्र समूहमाथि सैनिक कारवाहि चलाउंदै आएको छ।