लिवियाका नेता मूआम्मार गद्दाफीद्वारा आफु देश छाडेर भागेको भन्ने खबरहरुलाई अस्वीकार, उत्तरी अफ्रिकी र मध्य पूर्वका कयौ देशहरुमा सरकार विरोधी प्रर्दशनहरु जारी


 

 

लिवियाका नेता मूआम्मार गद्दाफीले आफु देश छाडेर भागेको भन्ने खबरहरुलाई अस्वीकार गरेका छन्। सरकारी टेलिभिजनमा बोल्दै उनले विदेशी च्यानलहरुले भ्रामक र झूठो खवरहरु फैलाएको आरोप लगाउँदै विदेशी संचार माध्यमहरुको आलोचना गरेका छन्। यसअघि बेलायतका विदेशमन्त्रि विलियम हगले  गद्दाफीले देश छाडी भेनेजुएलातर्फ लागेको सूचना प्राप्त भएको बताएका थिए। उता लिवियामा प्रदर्शनकारीहरुले नेता गद्दाफीको राजिनामाको माग गर्दै विरोध प्रदर्शन आज पनि जारी राखेका छन्।

 

देशब्यापी रुपमा फैलिएको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीविच भएको भिडन्तमा सयौ  मानिसहरुको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। प्रदर्शन राजधानी टि्रपोलीमा पनि शशक्त बनेपछि देश पूर्ण रुपमा तनाव र हिंसामा परिणत भएको छ। प्रदर्शनकारीहरुले राजनैतिक, आर्थिक र सामाजिक सुधार नभएका कारण आफूहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रन बाध्य भएको जनाएका छन्। केहीदिनदेखि छिमेकी मुलुक ट्यूनिशिया र इजिप्टमा सरकार विरोधी प्र्र्र्रदर्शनले ती राष्ट्रहरुमा लामो समयसम्म शाशन गरेका शाशकलाइ सत्ताच्यूत गरेपछि लिविया लगायत उत्तरी अफि्रकी र मध्य पूर्वका केही राष्ट्रहरुमा सरकार विरोधी प्रदर्शनले तिव्रता पाएको छ।

 

यसैविच सुरक्षाकर्मीहरुले प्रर्दनकारीहरुलाइ निर्ममतापूर्वक दमन गरेको घटनालाइ लिएर अमेरिका लगायत अन्तरराष्ट्रिय समुदायले लिविया सरकारको कडा आलोचना गरेका छन्।

 

लिबिया पूर्ण रुपमा तनाव र हिंसामा परिणत, सयौ मानिसको मृत्यु ! उत्तरी अफ्रिकी र मध्य पूर्वका कयौ देशहरुमा सरकार विरोधी प्रर्दशनहरु जारी

 

उत्तरी अफि्रकी र मध्य पूर्वका कयौ देशहरु मोरोक्को, यमन, बहराइन लगायतमा सरकार विरोधी प्रर्दशनहरु एवम हिन्सा जारी छ।

 

लिबियामा प्रदर्शनकारीले नेता मूआम्मर गद्दाफीको राजिनामाको माग गर्दै विरोध प्रदर्शन गरिहेका छन्। विगत केही दिनदेखि निरन्तररुपमा हिंसात्मक विरोध प्रदर्शन जारी नै छ।

 

देशका प्रमुख शहरहरुमा सुरक्षाकर्मी र प्रदर्शनकारीविच भएको भिडन्तमा मात्र सयौ मानिसको मृत्यु भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। प्रदर्शन राजधानी टि्रपोलीमा पनि शसक्त बनेपछि देश पूर्ण रुपमा तनाव र हिंसामा परिणत भएको छ। प्रदर्शनकारीद्वारा कयौ सरकारी भवनहरु आक्रमण गरिएका छन।

 

हालको आन्दोलनका क्रममा सरकारले व्यापक मात्रामा बल प्रयोग गरेको भन्दै विदेशी समुदायले पनि निकै त्यसको विरोध गरेका छन् ।

 

 

 

उता यसभन्दा अगाडिको समाचार अनुसार लिबियाका नेता मोआमर कद्दाफिका छोराले हालका प्रदर्शनकारीहरूले अहिलेकै प्रदर्शनलाई जारी नै राख्ने हो भने देशले एउटा गम्भीर गृह युद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।    विगत केही दिनदेखि निरन्तररुपमा हिंसात्मक विरोध प्रदर्शन जारी नै रहँदा त्यहाँ कम्तिमा पनि २५० जनाको ज्यान गईसकेको समाचार आएको भोलिपल्ट आज उनको यो प्रतिक्रिया आएको हो ।उनले राज्य पक्षबाट आएको राजनीतिक सुधारको एजेण्डालाई स्वीकार नगरी अहिलेकै रुपमा प्रदर्शनलाई अघि बढाउने हो भने यसले देशलाई कहाँ पु