सन्धिखर्क , अर्घाखाँची । BBC Education Center मा जापानी भाषा अध्ययन गरि July Intake 2024 मा जापानको टोकियो, नागोया तथा फुकुवका लगायतका सहरमा स्टुडेन्ट भिसामा जान लाग्नुभएका बिधार्थीहरुको लागि Pre-Departure Info and Farewell Programme सम्पन्न भएको छ ।
संस्थापक सदस्य चन्द्र प्रसाद भुसालको अध्यक्षता तथा अनिल नेपालीको संचालनमा भएको उक्त कार्यक्रममा ब्यबस्थापक प्रकाश भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा पदम पन्थी, प्रेमनारायण आचार्य, खुमराज खड्का ,बिष्णु रायमाझी लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने कार्यक्रममा दिनेश बेल्बासे, नारायण खनाल, रमेश मरासिनी सहित जापान जानै लागेका बिधार्थी र अभिभावकको उपस्थिति रहेको थियो। संस्थाले बिधार्थीहरुहरुको उज्ज्वल भविष्यको कामना सहित प्रशिक्षण कार्यक्रम समेत गरि बिदाई गरेको छ।
बिबिसी एजुकेशन सन्धिखर्क बि.स २०७२ सालमा स्थापना भई अर्घाखाँची जिल्लाको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ ।
यसले जापानीज, कोरियन, अङ्ग्रेजी भाषा , कम्प्युटर कक्षा, शिक्षक सेवा आयोगका क्लासहरु तथा विभिन्न तहका टिउसन कक्षाहरु संचालन गरिरहेको छ ।
थप तस्बिर: