अर्घाखाँचीका विद्यार्थी परिक्षाका लागि पाल्पा जान बाध्य

अखाँटा-यूएई डेस्क) -जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले विद्यालय स्वीकृति नदिएपछि एक विद्यालयका विद्यार्थी परिक्षाका लागि पाल्पा जिल्लामा जान बाध्य भएका छन् ।


गाउँमा खोलिएको विद्यालयमा वर्षभरि पढी परिक्षा दिन झन्डै १ महिनाका लागि बसाई सराई गरी छिमेकी जिल्ला पाल्ल्पाको संगीता प्राविमा जान विद्यार्थी बाध्य भएका हुन् ।


जिल्लाको सिमलपानी गाविसको विकट तोरीबारी गाउँमा सञ्चालन भएको कृष्णा प्राविलाई शिक्षा कार्यालयले अनुमति नदिएपछि विद्यार्थीहरु छिमेकी जिल्ला पाल्पामा परिक्षा दिने जाने गरेको विद्यालय प्रशासनले जनाएको छ ।


रुपन्देही र पाल्पाको सिमानामा पर्ने उत्त विद्यालयमा अर्घाखाँचीको अन्य विद्यालय भन्दा नजिक पर्ने भएकाले कृष्णा प्राविमा परिक्षा गराउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रबहादुर थापाले जानकारी दिए ।




अन्य समाचारहरु