काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिनुभएको छ ।
नेता खनालले ओलीले संसद विघटन गरेकाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र नेपालको राजनीतिलाई दक्षिणपन्थीदिशातर्फ लगेको आरोप पनि लगाउनुभयो ।
पार्टी निकट प्रवासी नेपाली मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले दुई तिहाई कम्युनिष्टहरुको शक्ति रहेको संघीय संसदलाई ओलीले विघटन गरेपछि नेपालको कम्युनिष्ट आन्दोलन पनि विखण्डन र विभाजनको मारमा परेको जिकिर गर्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई विखण्डन गर्ने ओलीको गलत कदमको विरोधमा आफूहरुले एमालेबाट बिद्रोह गर्नुपरेको पनि बताउनुभयो ।
नेता खनालले आफूहरुले दक्षिणपन्थी अवसरवादी विरुद्धको संघर्षलाई अघि बढाउने गरी नेकपा एसलाई अघि बढाएको दाबी पनि गर्नुभयो ।
– इमेज