बंगलादेशले आणविक शक्ति केन्द्रबाट 2000 मेगावाट विद्युत उत्पादनका लागि रुससँग हस्ताक्षर

बंगलादेश शक्ति पीडित संघले आणविक शक्ति केन्द्रबाट 2000 मेगावाट विद्युत उत्पादनका लागि रुससँग गत बिहीबार एक सम्झौतामा हस्ताक्षर गरेको छ। दुईहजार मेगावाट विद्युत उत्पादनका लागि देशको पश्चिमी पाब्ना जिल्लामा आणविक कारखाना स्थापना गर्ने विषयमा उक्त हस्ताक्षर भएको हो। राजधानी ढाकाबाट उक्त जिल्ला 216 किलोमीटर दूरीमा पर्दछ।

            उक्त कारखाना स्थापनाका लागि 1 अर्ब 50 करोडदेखि 2 अर्ब अमेरिकी डलरसम्म लगानी आवश्यक पर्ने पनि जनाइएको छ। यो परियोजना आर्थिक वर्ष 2017-2018 भित्र पूरा गर्ने लक्ष्य राखिएको छ।