-माधव खनाल २७ असार, अर्घाखाँची ।
अर्घाखाँची – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका एक दम्पती भारतको गुडगाउँ माबसै भन्ने ठाउबाट एकाएक सम्पर्क बिहिन भएका छन।
भुमिकास्थान नगरपालिका वार्ड न ३ धारापानी सिख्रका बिनिराम खनालका छोरा बुहारी कृष्ण खनाल र तारा खनाल सम्पर्क बिहिन भएको उनीहरुको परिबारले बताएका छन ।
कृष्ण दुइ महिना देखि सम्पर्क बिहिन छन भने उनकी श्रीमति भुमिकास्थान नगरपालिका वार्ड न १ ढाकावाङ्ग साम्नेगाउँ माइत गरेकी कमलप्रसाद खनाकी छोरी तारा खनाल एक महिना देखी सम्पर्क बिहिन भएको ताराका भाइ साजन खनालले बताए ।
उनिहरुको सात वर्षको छोरा मानव खनालले अहिले भुमिकास्थान नगरपालिका वार्ड न १ साम्नेगाउँको बाल शिक्षा माध्यमिक बिधालयमा कक्षा १ मा मावली घरमा बसेर पढ्दैछन । ताराकी आमा फनकला खनालले रुदै भनिन दिनमा त यताउता गरेर भएपनी दिन बिताउछु तर जब साझ पर्छ तब नाति बिधालयबाट घरमा आएपछि आमा मम्मी सङ्ग कुराकानी भयो होला ।
आज भन्दा मन भक्कानियर आउँछ नातिलाई झुट बोल्दै आँसु लुकाउदै भयो बाबू भनी आश्वासन दिन्छु अनि नातिले म सङ्ग पनि कुरा गराइ दिनुस भन्दा काममा बिजि छे मम्मी भोलि कुरा गराइ दिउला भन्दै दिन बिताउछु अनि एकान्तमा गएर रुने गर्छु भन्दै बिलौना सुनाउनु भो ।
उता कृष्णका बुवा बिनिराम खनालले भने दुई भाइ छोराहरु र एक छोरी छन ।छोरा कृष्ण दुई महिना देखि सम्पर्क बिहिन हुँदा आफू र आफ्नो श्रीमत लाई सम्हाल्न मुस्किल भएको बताए ।