ज़ाविया शहर गद्दाफ़ी विरोधी प्रर्दशनकारीहरुद्वारा कब्ज़ा, राजधानी त्रिपोलीमा हिसात्मक प्रर्दशनहरु जारी


 

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा कर्णेल गद्दाफीको सरकार विरुद्ध प्रतिबन्ध लगाउने र कडा कदम उठाउने पक्षमा मतदान सँगै राजधानी त्रिपोलीबाट ३० माइलको दुरीमा रहेको ज़ाविया शहरमा गद्दाफ़ी विरोधी प्रर्दशनकारीहरुले कब्ज़ा गरेका छन।

 

साथै ज़ाविया शहरमा गद्दाफ़ी समर्थकले ज़ाविया बाहिरबाट घेराबन्दी गरेपनि गरिरहेका छन भने भित्र कब्जा जमाएर बसेका गद्दाफ़ी विरोधी प्रर्दशनकारीहरुले हवाइफायर गरेको प्राप्त समाचारमा उल्लेख छ।

 

 Anti-Gaddafi protesters chant slogans during ...

 

यस अघि प्राप्त समाचार अनुसार सुरक्षा परिषदले लिवियामा हिंसा मच्चाएको, शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि निर्मम तरिकाले दमन गरेको र आम संहार गरेको भन्ने प्रमाणित भएकालाई अन्तरराष्ट्रिय आपाराधिक अदालतमा पेश गर्ने निर्णय गरेको छ। सुरक्षा परिषदमा चीनले भने पश्चिचमा राष्ट्रहरुको सो भनाइको विरोध गर्दै आएको भए पनि उसले प्रस्तावको विरुद्ध भिटो प्रयोग गरेन। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको चीन स्थायी सदस्य राष्ट्र हो।

 

यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले लिवियाका नेता कर्णेल गद्दाफीले शासनको बैधता गुमाइसकेको हुनाले उनले तुरुन्त सत्ता छाड्नूपर्ने बताएका थिए। अमेरिकी सरकारले पनि लिविया माथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ। गद्दाफी, उनका परिवार र सरकारको सवै सम्पत्ति जफत गरिएको घोषणा सुरक्षा परिषद र अमेरिकी सरकारले गरेपछि गद्दाफीमाथि अन्तरराष्ट्रिय दवाव बढेर गएको छ।