इजिप्टको संविधान संशोधन समितिले हिजो संविधानको संशोधित अवस्था सार्वजनिक गरेको छ। सो संविधान संशोधित प्रस्तावमा राष्ट्रपतिको पदावधिलाई चार वर्षसम्म गर्ने तथा राष्ट्रपतिको निरन्तरता एक पटक मात्रै हुने राय-सुझाव प्रस्तुत गरिएको छ।
यसभन्दा अगाडी इजिप्टको संविधानमा राष्ट्रपतिको पदावधि छ वर्षसम्म हुने तथा एकै राष्ट्रपति धेरै पटक निरन्तर हुनसक्ने तय गरिएको थियो।
इजिप्टका भूतपूर्व राष्ट्रपति मुबारकले राजीनामा दिएपछि राष्ट्रिय मामिला सम्बन्धी इजिप्टको सशस्त्र फौजको सर्वोच्च समितिले संसदको विघटन गर्दै संविधान स्थगित गर्ने घोषणा गर्नुका साथै आठ जनाबाट गठित संविधान सशोधन समिति बनाएको थियो। इजिप्टको सशस्त्र फौजको सर्वोच्च समितिले आगामी छ महिनामा संसदीय तथा राष्ट्रपतिय निर्वाचनको आयोजना गर्ने र त्यसपछि निर्वाचित सरकारलाई सम्बन्धित अधिकार हस्तान्तरण गर्ने जनाएको छ।