साँत बुँदे सहमति कार्यन्वयन हुने माओवादी नेताको भनाई

– शोभाखर पन्थी

 

फाल्गुण-१६ अर्घाखाँची । एकिकृत नेकपा माओवादीका पोलिट ब्युरो सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले ७ बुँदे सहमती कार्यान्वयन भएरै छाड्ने बताउनु भएको छ ।

 

माओवादी नेता ओलीले एकिकृत नेकपा माओवादी मगरात राज्य समितीद्धारा गुल्मी र अर्घाखाँची जिल्लाका अगुवा कार्याकर्ताहरुका लागि सन्धिखर्कमा आयोजित राजनैतिक एवं वैचारिक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वर्तमान सरकारको जग नै राष्ट्रिय अखण्डताको संरक्षण र बैदेशिक हस्तक्षेपको विरोध भएकोले ७ बुँदे सहमतीको अक्षरस पालना गरेर सरकारलाई पुर्णता दिई शान्ती र संविधान निर्माणको सुनिश्चितता गर्नुको विकल्प नभएको बताउनुभयो ।

 

उहाँले माओवादी भित्र देखिएको सैद्धान्तिक बहसले पार्टीलाई झनै मजबुत बनाएको बताउँदै एउटा जिबन्त पार्टीभित्र मतभेद रहनु स्वभाविकै भएको बताउनु भयो ।

 

माओवादी पोलिट ब्युरो सदस्य लिला बहादुर थापाले शान्ती संविधान निर्माण र अग्रगनका लागि दलीय स्वार्थभन्दा माथी उठेर काम गर्न दलहरुलाई आग्रह गर्नुभयो । उहाँले दलहरुका बीचमा सत्ताका लागि खिचातानी गर्दा ठुलो बलीदानबाट प्राप्त उपलब्धी गुम्न सक्ने भन्दै सचेत भएर अगाडी बढ्ड प्रमुख दलहरुलाई आग्रह गर्नुभयो ।

 

माओवादी अर्घाखाँचीका जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का उज्ज्वलको अध्यक्षतामा र गुल्मी जिल्लाका ईन्चार्ज अटलको सचालनमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रीय सदस्य सन्तोष बुढा दिनेश पन्थी केन्द्रीय सल्लाहकार राजु नेपाली पिताम्बर आचार्य लगायतका बक्ताहरुले मन्तव्य राख्नु भएको थियो ।

 

प्रशिक्षण कार्यक्रममा गुल्मी र अर्घाखाँची जिल्लाका माओवादीका जिल्ला कमिटी सदस्य र सल्लाहाकार सदस्य गरी करीब ३ सय जनाको उपस्थिती रहेको माओवादी अर्घाखाँचीका सेक्रेटरी ठाकुर कुमार बिकले बताउनु भयो ।



अन्य समाचारहरु