विश्व शान्तीको कामना गर्दै उल्टो साइकल यात्री यूएईमा

-उमाकान्त पाण्डे गाउले/अर्जुन दाहाल


अखाँटा-यूएई डेस्क -उल्टो साइकल यात्रा गर्ने नेपालकै प्रथम र एक मात्र साइकल यात्री विरेशप्रसाद दाहाल र सहयोगी बबिन बस्नेत अहिले यात्राको क्रममा संयूक्त अरब ईमिरेट्स यूएई को दुबईमा आइपुगेका छन् । त्रियुगा नगर पालिका वार्ड नं ६ उदयपुरका दाहालले बि.स. २०५७ मा उल्टो साइकल यात्राको सुरु गरेका थिए । उनले सो बेलामा १४ कि.मी. छोटो उल्टो साईकल यात्रा गरेको बताए ।


वि.स.२०६२ देखि विधिवत्रुपमा मेचीकाली उल्टो साइकल यात्रा सुरु गरेका यात्री दाहालले हालसम्म सार्करास्ट्र भारत भुटान बंगलादेश मालद्विप्स-लगायत थाइलैण्ड,मलेशिया,सिगांपुर,इन्डोनेसिया,कम्बोडिया गरी १० मुलुकको उल्टो साइकल यात्रा गरिसकेका छन् ।

 

सुल्टोबाट त धेरैले साइकल यात्रा गर्न सक्छन् तर उल्टोबाट साइकल यात्रा गर्दै विश्व भ्रमण गरी नेपाल र नेपालीको नाम विश्व सामु चिनाउनु लक्ष्य उनको रहेको छ । उनी विश्वकै पहिलो उल्टो साइकल यात्री भई नेपालको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेख्न चाहन्छन् । उल्टो संसारसाइकल यात्रा गरेर संसारमा दिगो शान्ति मानव भाइचारा नेपाल र नेपालीको पहिचान उनको प्रमुख नारा रहेको छ भने यो वर्षको लागि नेपाल पर्यटन वर्ष २०११ सफल पारौं भन्ने नारा रहेको बताउँछन् ।


उनको सम्मानमा यूएईमा नेपाली समाज यूएई,नेपाल पत्रकार महासंघ यूएई शाखा नेपाली जनप्रगतिशिल मन्च यूएई नेपाली एकता समाज नागरिक सेवा समाज स्यांङ्जाली समाज लगायत अन्यसंघसंस्थाहरुले अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।