उत्तर कोरियाको “रोदङ्ग सिन्मून”समाचार-पत्रले आज एउटा लेख प्रकाशित गर्दै दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैनिक अभ्यासले उत्तर कोरिया र दक्षिण कोरियाबीचको वार्तालाई ध्वस्त गरेर कोरियाली प्रायद्बिपको तनावपूर्ण परिस्थितिलाई झनै गहन पारेको भन्दै निन्दा गरेको छ।
यस लेखका अनुसार दक्षिण कोरियाको वर्तमान सरकारले तथाकथित”वार्ता”भन्ने अडान लिएता पनि वास्तवमा युद्धको वातावरण बनाएर कोरियाली प्रायद्बिपको तनावपूर्ण परिस्थितिलाई झनै सल्काएको छ र सो संयुक्त सैनिक अभ्यास एक वास्तविक प्रमाण हो।