अर्घाखाँची ,साउन ५ – राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला समन्वय बैठक सदरमुकाम सन्धिखर्कमा आज सम्पन्न भएको छ ।
पार्टीका जिल्ला संयोजक हरिप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न बैठकले चार महिना भित्र जिल्लाका सवै वडाहरुमा पार्टीको संगठन निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकमा पालिका सभापति तथा वडा सभापतिहरुले चार महिनाको कार्यप्रगति प्रतिवेदन पेश गरेका थिए । उनीहरुले रास्वपा प्रतिको जनविस्वास जनतामा कायम रहेको भन्दै जनताको घरदैलोमा जानुपर्ने निष्कर्ष सुनाएको पार्टी स्रोतले जनाएको छ ।
वडा सभापति तथा पालिका सभापतिको रायको आधारमा नै आफुहरुले जनतामा जाने निर्णय गरेको जिल्ला संयोजक भुसालले बताए । हरेक चार महिनामा पार्टीको जिल्ला समन्वय बैठक बस्छ भुसालले भने अर्को बैठकसम्ममा सवै वडाहरुमा तदर्थ समिति गठन गर्ने प्रयास रहन्छ ।
रास्वपा अर्घाखाँचीले वडा समितिको बैठक हरेक महिनाको एकपटक, पालिका समितिको वैठक हरेक दुई महिनामा एकपटक, क्षेत्रीय समितिको बैठक हरेक तीन महिनामा एकपटक र जिल्ला स्तरीय बैठक हरेक चार महिनामा एकपटक बस्ने निर्णय यसअघि नै गरेको थियो ।