उत्तर अफ्रिकी र अरव राष्ट्रहरुको आन्दोलनको प्रभाव चीनमा, मानवअधिकारको माग गर्दै सांघाई र बेइजिङमा भएको प्रदर्शनमा बल प्रयोग

उत्तर अफि्रकी र अरव राष्ट्रहरुमा सल्किएको सरकार विरोधी प्रदर्शनको प्रभाव चीनसम्म पुगेको छ। चीनमा आम नागरिकले सरकारविरुद्ध गरेको प्रदर्शनलाइ सुरक्षाकर्मीहरुले तितरवितर पारेका छन्।

 

प्रदर्शनकारीहरु प्रदर्शनको लागि भेला हुन अगावै सुरक्षाकर्मीहरुले उनीहरुलाई हटाउने गरेकेा अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। चीन सरकारका विरोधीहरुले राजधानी बेइजिङ्ग र सांघाइ शहरको मुख्य केन्द्रमा विरोध प्रदर्शन गरेका छन्।

 

प्रदर्शनकारीहरुले सरकार विरोधी प्रदर्शन गर्नको लागि देशको मुख्य शहरहरुमा विरोध र्याली निकाल्न आग्रह गरेका छन्। प्रदर्शनलाई सहगोग गर्न चीन बाहिर रहेकाहरुले इन्टरनेटको माध्यमबाट अपिल गरेका छन्।  चीनमा इन्टरनेट र ब्लगहरुमाथि कडा निगरानी थालिएको छ।