-हृदय भुसाल अर्घाखाँची l
अर्घाखाँची l भुमिकास्थान नगरपालिकाको आर्थिक बर्ष २०८०/८१ मा सम्पादित कार्यहरु योजना, कार्यक्रम तथा सेबा प्रबाहको बार्षिक प्रगति समिक्षा कार्यक्रम भुमिकास्थान नगरपालिकाको कार्यालय नुवाकोटमा सम्पन्न सोमबार सम्पन्न भएको छ ।
समिक्षा कार्यक्रममा नगरस्थित विभिन्न शाखा प्रमुखहरुले शाखागत प्रगति प्रस्तुत गर्नुका साथै सबै वडाका सचीवहरुले वडागत प्रगति प्रस्तुत गरेका थिए । समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख झबिलाल थापाले बार्षिक समिक्षामा आएका रचनात्मक सुझावहरुलाई ग्रहण गरेर अगाडी बढ्ने भन्दै चालु आर्थिक बर्षमा नब:प्रर्बतन सगै उत्पादनको कार्यक्रमलाई विशेष योजनाका साथ अगाडी बढाउन लागेको बताए ।
नगर प्रमुख थापाले शिक्षा र स्वास्थ्यको गुणस्तर बिकासका लागी अब सर्बपक्षिय बैठक बसि योजनाबद्व रुपमा योजना बनाई अगाडी बढ्ने भन्दै त्यसका लागी सबैको साथ सहयोग आबस्यक पर्ने बताए । जनताको माग र आबश्यकताको आधारमा योजना/आयोजना अगाडी बढाएको भन्दै केहि नयाँ कार्यक्रमका साथ अगाडी बढ्न खोजिएको बताए । बिगतका बर्षहरुमा भन्दा यस बर्ष राजस्व संकलन वृद्धि भएको भन्दै अगाडिका बर्षमा थप वृद्धि हुने भन्दै निजि क्षेत्र संघ समेत समन्वय गरेर विभिन्न योजना हरु अगाडि बढाउन लागी रहेको प्रमुख थापाले बताए ।
नगर उपप्रमुख बालकृष्ण बन्जाडेले बजेट कम हुदा अपेक्षित बिकास गर्न नसकिएको भन्दै सबैले सहयोग गरेर अगाडी बढ्नुपर्ने बताए । नगरपालिकाले जम्मा तीन सय २२ योजना आयोजना संचालन गरेको जसमध्ये समग्रमा ८४.४३ प्रतिशत प्रगति भएको नगरका योजना शाखा प्रमुख हरिशचन्द्र भुसालले बताए । कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत टुबलाल सापकोटाले समिक्षा बाट आएका सुझावलाई आगामी आर्थिक बर्षमा सुधार गरेर अगाडी बढ्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष मणी पौडेल, पत्रकार महासंघका जिल्ला सहसचिब हृदय भुसाल, अखिल नेपाल शिक्षक संघका नगर अध्यक्ष राम बहादुर थापाले मन्तव्य राखेका थिए । राजनीति दलका प्रमुख तथा प्रतिनिधि,राजनीति दल, कर्मचारी,विभिन्न संघ सस्थाका प्रतिनिधि उपस्थित रहेको कार्यक्रममा पत्रकार गोपाल प्रसाद भट्टराई लगायतले कार्यक्रम उपर महत्त्वपूर्ण सुझाव व्यक्त गरेका थिए ।
कार्यक्रम नगर प्रमुख झबिलाल थापाको अध्यक्षता, योजना शाखा प्रमुख हरिशचन्द्र भुसालको स्वागत, शेसकान्त घिमिरे ओसनको संचालनमा सम्पन्न भएको थियो।