नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी सकिएको जनाएको छ ।  शुक्रबार(भोलि) बस्ने सञ्चालक समितिको बैठकबाट पारित भएपछि मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले बताएको छ ।

‘कार्यविधिमा आर्थिक वर्ष सकिएको १५ दिनभित्र मौद्रिक नीति ल्याइने भन्ने उल्लेख भएकाले पनि साउन १५ गतेभित्र मौद्रिक नीति ल्याइसक्नु पर्ने हुन्छ । यसभन्दा  पहिला राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति ल्याउने गरेको थियो ।

आर्थिक वर्ष २०८०/८१ मा साउन ७ मा र २०७९/८० मा साउन ६ मा मौद्रिक नीति सार्वजनिक गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा भने सरकारको हस्तक्षेपकै कारण राष्ट्र बैंकले साउन २९ गते मा मात्र मौद्रिक नीति ल्याएको थियो ।