कर्णेल गद्दाफ़ीका समर्थक सैनिकहरुले लिबियाको बरेगा शहर कब्जा लिने कोशीस विद्रोहीहरुद्वारा विफल, अन्तरराष्ट्रिय आपराधिक अदालतले औपचारिक जाँच शुरु गर्ने फ़ैसला


 

लीबियाका नेता कर्णेल गद्दाफ़ीका समर्थक सैनिकहरुले लिबियाको बरेगा शहर कब्जा लिने कोशीस विद्रोहीहरुले विफल बनाइदिएका छन। उक्त शहरलाई विद्रोहीहरुले कब्जा लिए लगतै पहिलो पटक जब गद्दाफ़ीका समर्थक सैनिकले पूर्वी हिस्सालाई फेरी आफ्नो नियंत्रणमा चाहेका थिए।


साथै अर्घाखाँचीडट्कमलाई प्राप्त पछिल्लो समाचार अनुसार लिबियाका बिभिन्न शहर- स्थानहरुमा गद्दाफी समर्थक एवम प्रर्दशनकारी बिच भीषण मुठ्भेड भइरहेको छ।

 


यसैबीच अन्तरराष्ट्रिय आपराधिक अदालत (आईसीसी) ले लीबियामा भईरहेको हिंसामा मानवाधिकार उल्लंघन भएको आशंका देखाउदै औपचारिक जाँच शुरु गर्ने फ़ैसला गरेको छ।


यस अघि संयुक्त राष्ट्र सुरक्षा परिषदले आईसीसीलाई प्रदर्शनकारी माथि बलप्रयोग गरेको बारेमा छानबिनको लागि आग्रह गरेको थियो ।

 

 Burning desire for change ... a protester holds up a placard of Muammar Gaddafi in Tripoli.

 

यसैगरी उता सँयुक्त राष्ट्र संघको महाधिवेशनले सँयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदमा लिबियाको सदस्य मुलुकको हैसियतलाई रद्द गर्ने निर्णय गरेको छ। सँयुक्त राष्ट्र संघको महाधिवेशनले सँयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदमा कुनै मुलुकको सदस्य मुलुकको हैसियतलाई रद्द गरेको यो पहिलो पटक हो।

सो निर्णय-प्रस्तावका अनुसार, सँयुक्त राष्ट्र संघको महाधिवेशनले अरब लिगद्वारा गत फेब्रअरी बाइस तारिख प्रकाशित वक्तव्य तथा अफ्रिकी संघीय शान्ति तथा सुरक्षा परिषद्द्वारा फेब्रअरी तेइस तारिख प्रकाशित विज्ञप्तिको स्वागत गर्दै सँयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदमा लिबियाको सदस्य मुलुकको हैसियतलाई अस्थायी रुपमा रद्द गर्ने निर्णय गरेको छ।