अफ्गान प्रहरी पक्षका अनुसार 1 तारिखका दिन पूर्वी अफ्गानिस्तानमा पर्ने कुनार प्रान्तमा उत्तर एटलान्टिक सन्धि संगठन नेटोले गरेको एउटा हवाइ आक्रमणबाट 9 जना अफ्गानी बालबालिकाको मृत्यु भएको छ ।
बेलायतको भ्रमणमा रहनुभएका अफ्गानी राष्ट्रपति हामिद कार्जाईले उक्त घटनाको निन्दा गर्नुभएको छ।
यस घटना उत्पन्न भएपछि अफ्गानिस्तानमा तैनाथ नेटोको अन्तर्राष्ट्रिय सुरक्षा सहायता सेनाले एक वक्तव्य सार्वजनिक गरी यसप्रति क्षमा-याचना गरेको छ।