पाकिस्तानको उत्तर-पश्चिमी भागमा पर्ने एउटा सुरक्षा चौकीमा भएको हमलामा परी नौ जनाको मृत्यु

पाकिस्तानको उत्तर-पश्चिममा पर्ने हान्गु शहरको एउटा सुरक्षा चौकीमा आज आत्मघाति विस्फोटन भएको छ। जसबाट चार जना प्रहरी लगायत नौ जनाको मृत्यु हुनुका साथै करिब तीस जना घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार, एक आत्मघातिले बम बोकेको मोटर-गाडी चलाएर सुरक्षा चौकीमा पड्काएको थियो। जसबाट सुरक्षा चौकी नजीकका बाह्र वटा घर पनि गम्भिर क्षति हुनुका साथै दर्जनौं व्यक्ति हताहत भएका छन्।

हालसम्म कुनै पनि संगठनले उक्त घटनाको जिम्मेवारी लिएको छैन।