टोपबहादुर रायमाझीलाई भौतिक योजना तथा निर्माण मन्त्री


Arghakhanchi.Com

 

काठमाडौं – अर्घाखाँचीका सभासद एवम माओवादी केन्द्रीय सचिवालय सदस्य टोपबहादुर रायमाझीलाई भौतिक योजना तथा निर्माण मन्त्रीको रुपमा सपथ लिएका छन ।

 

यसैगरी रायमाझीलाई भौतिक योजना तथा निर्माण मन्त्री सहित अन्य माओवादी कृष्णबहादुर महरालाई बरिष्ठ उपप्रधानमन्त्री सहित सूचना तथा सञ्चार, खड्गबहादुर विश्वकर्मा पर्यटन तथा वर्षमान पुनलाई शान्ति मन्त्रीलाई राष्ट्रपति डा. रामवरण यादवको उपस्थितमा प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति भवनमा शुक्रबार दिउँसो पद तथा गोपनियताको सपथ गराएका हुन् । 

 

 

टोपबहादुर रायमाझीको बारेमा

 

संविधानसभा-२०६४ मा प्रत्यक्ष निर्वाचन प्रणालीबाट अर्घाखाँची क्षेत्र नं. १ बाट  १९ हजार ५८४ मत ल्याएर एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी)को तर्फबाट सभासद् चुनिनुभएका टोपबहादुर रायमाझी ‘अनिल’ माओवादी सचिवालय सदस्य एवं मधेस इन्चार्ज हुनुहुन्छ।

 

०३६ देखि राजनीतिमा लाग्नुभएका अनिल ०४६ मा छैठौंको अध्यक्ष, वाइसीएलको संस्थापक संयोजकसमेत हुनुहुन्छ। ०४७ मा बाबुराम भट्टराईसहित पार्टी एकता गर्दा उहाँ पनि आउनुभएको थियो। उहाँ ०५४ माओवादीको पोलिटब्युरो सदस्य हुनुभयो। उहाँ प्रवासमा दुई चोटि इन्चार्ज हुनुभयो भने संकटकालमा पश्चिमाञ्चल इन्चार्ज हुनुहुन्थ्यो।

 

विरोधीका आँखामा पनि नबिझाउने मृदु भाषी र राजनीतिमै जीवनका याम गुजारेकाले आफूलाई जिताएको बताउनुहुने अनिलका राज्यको पुनर्संरचनाको बारेमा माओवादीले अघि सारेका एजेण्डा नै आफूले संविधानमा सुनिश्चित गर्ने एजेण्डा हुन्। बीएस्सीसम्मको औपचारिक शिक्षा लिनुभएका अनिल तेकान्डोका ब्ल्याक बेल्ट पनि हुनुहुन्छ।

 

अर्घाखाँची २ खाँडामा ४६ वर्षअघि जन्मनुभएका अनिल २०४८ मा पनि संयुक्त जनमोर्चाको तर्फबाट प्रत्यासी हुनुहुन्थ्यो। वहाँका परिवारका सदस्य पनि माओवादीका पूर्णकालीन हुनुहुन्छ। उहाँकी श्रीमती योगमाया पनि माओवादी राज्य समितिकी सदस्य हुनुहुन्छ।

अन्य समाचारहरु