काठमाडौँ- न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो । यसअघि साउन १५ गते पनि परिषद्ले ६५ जिल्ला न्यायाधीशको सरुवा गरेको थियो ।
परिषद्ले शुक्रबार ३५ जिल्ला न्यायाधीशको नियुक्तिको सिफारिस गरेको छ ।