भारतले पूर्वी भारतको सागर तटवर्ती क्षेत्रमा सफलताका साथ क्षेप्यास्त्र प्रतिरोधकको परिक्षण गरेको छ।
भारत-एशिया समाचार केन्द्रले जनाएअनुसार, स्थानिय समयबमोजिम् आज विहान भारतले पूर्वी भारतको उडिसाको समुद्रीय तटवर्ती छान्दिपुर परिक्षण केन्द्रबाट जमिनबाट जमिनमा हान्ने क्षेप्यास्त्रको परिक्षण प्रक्षेपण गरेको थियो। तीन मिनेटभित्र त्यस क्षेत्र भन्दा लगभग 70 किलोमिटर टाढा रहेको अर्को केन्द्रबाट एउटा छेक्ने क्षेप्यास्त्रको परिक्षण प्रक्षेपण गरिएको थियो। उक्त क्षेप्यास्त्रले जमिनदेखि सोह्र हजार मिटरको उचाइ मा त्यो जमिनबाट जमिनमा हान्ने क्षेप्यास्त्रलाई सफलताका साथ छेकेको छ।
भारतले यस वर्षमा गरेको क्षेप्यास्त्र प्रतिरोधक परिक्षण यो पहिलो पटक हो। यसअघि भारतले बेग्लाबेग्लैरुपमा सन् 2006, 2007, 2009 र सन् 2010मा चार पटक क्षेप्यास्त्र प्रतिरोधक परिक्षण गरेको थियो।