भारतीय सत्तारुढ काँग्रेस पार्टीको नेतृत्वमामा संकट

भारतीय काँग्रेस पार्टीको नेतृत्वमा रहेको सत्तारुढ संघमा रहेको महत्वपूर्ण सदस्य अर्थात् भारतीय डि.एम.केले आकस्मिक रुपमा सत्तारुढ संघबाट हट्ने घोषणा गरेको छ। त्यसबाट मनमोहन सिंह सरकारको सामु नयाँ गम्भीर राजनैतिक संकट आइपरेको छ।

प्राप्त जानकारीअनुसार, भारतीय डि.एम.के भारतको सत्तारुढ संघमा रहेको महत्वपूर्ण सदस्य हो। भारतीय संसदमा त्यसको जम्मा अठार स्थान रहेका छन्।

भारतीय काँग्रेस पार्टीको उच्च तहका एकजना नेताले हिजै नयाँ दिल्लीमा हाल काँग्रेस पार्टी उक्त भारतीय डि.एम.केसँग निरन्तर रुपमा सहयोग गर्ने शर्तबारे वैचारिक आदान-प्रदान गरिरहेको जानकारी दिनुभयो। यसबाहेक, भारतीय डि.एम.केका प्रवक्ताले चेन्नाईमा भारतीय डि.एम.के तथा काँग्रेस पार्टी बीच सहयोग हुने सम्भावना रहेको बताउनुभयो।