अक्सफोर्ड माध्यमिक विद्यालय बुटवलमा नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न। (तस्बिर सहित)

-निराजन खनाल , बुटवल।

बुटवल, रूपन्देही- अक्सफोर्ड माध्यमिक विद्यालय बुटवल कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई बिहानी तथा दिवासत्रका विद्यार्थीहरूलाई स्वागत गरेका छन्।

May be an image of 11 people and text

कक्षा १२ कि भावना थापा र एलिना थापाकाे अध्यक्षता तथा बुटवल उप महानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालको प्रमुख आतिथ्यतामा स्वागत तथा तिज पुनर्मिलन कार्यक्रम भएको हो ।

May be an image of 6 people and text

कक्षा ११ विज्ञान, व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा भर्ना भएका ६५० जना विद्यार्थीहरूलाई टिका तथा खादा लगाएर सम्मान गरिएको थियो। सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले अक्सफोर्ड मावि बुटवलको मात्र नभई राष्ट्रकै उत्कृष्ट भएको हुँदा संस्थापक तथा प्राध्यापकहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।

May be an image of one or more people

अर्यालले बुटवलनगर शिक्षाको हव भएको हुदा काठमाडौंबाट बुटवलमा विद्यार्थी पढन आउने वातावरण बनाउन समेत आग्रह गर्नुका साथै बुटवल सांस्कृतिक सम्पदाको खानी भएको हुदा यसको जगेर्ना गर्नु विद्यार्थीहरूको पनि दायित्व रहेको बताउदै माैलिक तिजगीतमा प्राध्यापक तथा विद्यार्थीहरूलाई छमछमी नचाउनुभएकाे थियोे ।

May be an image of 2 people, speaker, dais and text

स्वागत तथा तीज पुनर्मिलन कार्यक्रममा बाेल्दै राष्ट्रिय परीक्षाबोर्ड बुटवलका परीक्षा शाखा प्रमुख बाबुराम भण्डारीले अक्सफोर्ड मावि बुटवलले स्थापनाकालदेखि नै उत्कृष्ट रिजल्ट ल्याउदै आएको हुँदा धेरै विद्यार्थी तथा अभिभावहरूको रोजाइमा परेको बताउनु भयो ।

अभिभावक संघ रूपन्देहीका अध्यक्ष लाेकनाथ ज्ञवाली ,विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी ,विद्यालयका प्राचार्य दिनेश भुसाल, प्राध्यापक सुमन भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, ललित खरेल, स्थापक प्राचार्य यज्ञमुर्ती पाण्डे ,शिक्षा अधिकृत यादव विष्ट,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट रिजल्ट ल्याउने १५ जना विद्यार्थीहरूलाई जनही नगद रू दस हजार र तीन हजारले सम्मान समेत गरिएको थियोे ।स्वागत कार्यक्रममा विभिन्न विद्यार्थीहरुका नृत्यहरु प्रस्तुत गरिएको थियो । साथै राष्ट्रिय कलाकार अस्मिता अधिकारीकाे बेजोड प्रस्तुति रहेको थियोे ।

कार्यक्रम प्राध्यापक सुमन भुसालको स्वागत मन्तव्य तथा विद्यार्थीहरू स्तुति पाैडेल,सर्लेट भुसाल,अन्जली खरेल र करिष्मा बेल्बासेकाे संञ्चालनमा सम्पन्न भएको थियोे।

 

अन्य समाचारहरु