पाकिस्तानको फैसलाबाद शहरस्थित ग्यास केन्द्रमा विष्फोट हुँदा कम्तीमा बीस जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्।
सो विष्फोट दुर्घटनाका कारण भएको हो वा कसैले गराएको हो भन्ने अझै स्पष्ट हुन सकेको छैन। प्रत्यक्षदर्शीहरुले विष्फोट शक्तिशाली रहेको बताएका छन्।
विष्फोटका कारण भवनहरु ढलेका छन भने सवारी साधनहरुमा आगो लागेको छ। अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्।