उत्तर-पश्चिमी पाकिस्तानमा अन्त्येष्टिमा भाग लिइरहेका मलामीहरूमाथि आज बुधबार विस्फोट हुँदा कम्तिमा 25 को मृत्यु भएको छ। उक्त विस्फोटबाट अन्य 50 जना घाइते भएको कुरा त्यहाँस्थित स्थानीय प्रहरीले जनाएको छ।
शान्ति मिलिसिया अमन लस्करका नेताकी श्रीमतीको अन्तिम संस्कारका संलग्न एक सयजनाभन्दा बढी मलामीहरूले प्रार्थना गरिरहेको अवस्थामा उक्त विस्फोट भएको थियो। अफ्गानिस्तानसँग सीमा जोडिएको खाइबर पाख्तुनख्वा क्षेत्रमा उक्त हिँसात्मक घटना भएको हो।
प्रहरीले उक्त घटना आत्मघाती विस्फोटबाट भएको पनि बताएको छ।