यसवर्ष अमेरिकी डलरका तुलनामा भारतीय रुपयाँ केही कमजोर बन्ने

यसवर्ष अमेरिकी डलरका तुलनामा भारतीय रुपयाँ केही कमजोर बन्ने प्रक्षेपण गरिएको छ। वर्षको छोटो तथा मध्य अवधिमा यस्तो अवमूल्यन हुने जनाइएको छ। यसरी मुद्रा कमजोर हुने कारणमा राजनैतिक जोखिम, उच्च मुद्रास्फिति र प्रत्यासित रुपमा डलर बलियो भएको अवस्थालाई लिइएको छ।उक्त प्रक्षेपण स्टान्डर्ड चार्टर्डको एक अनुसन्धानले गरेको हो।

          उक्त अनुसन्धानले अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा स्थिर नहुने कुरा पनि अघि सारेको छ। यसको कारणको रुपमा आर्थिक वर्ष 2011-2012 को भारतीय वार्षिक बजेटलाई पनि हेरिएको छ। भारतमा हरेक वर्षको अप्रिल 1 बाट आर्थिक वर्ष सुरु हुने गर्दछ। अर्को आर्थिक वर्ष नियमित रुपमा आगामी अप्रिल 1 तारिखमा सुरु हुनेछ।