बिष्णु माझीको नयाँ तिज गीत ” आइन आमा यो तीजमा” बोलको गीत सार्वजनिक ।

काठमाडौं । हिन्दु महिलाहरुको महान पर्व भनेर मनाइने  तीज जति नजिकिदै छ त्यति नै तीजका गीतहरु बजारमा आउने क्रम जारीनै छ यसै बिच कतिपय निकै बिभादित गीतहरु पनि बजारमा आइसकेक  छन कतिपएले अहिलेका तिज तिजमा बिकृती बढी भएको ,परिवार संग संगै बसेर हेर्न समेत नसकिने समेत बताइरहदा स्वरकी धनि पर्दा पछाडीबाटै भए पनि निकै चर्चामा रहन सफल गायिका बिष्णु को नयाँ गीत बजारमा  आइसकेको छ ।

तीज नजिकिएसँगै सामाजिक संजालमा एउटा भनाइ चर्चामा हुन्छ- ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।’लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका माझीको गीत सुन्न प्रशंसक तीजमा अधैर्य हुन्छन् । आफ्ना गीतमा महिलाको वेदना र पीडा दर्शाउने उनका गीत धेरैजना माझ चर्चित पनि छन् ।

भिडियो लिन्क –  https://youtu.be/TQ0ElQ2TkmQ