सन्धिखर्क (अर्घाखाँचीडट्कम) – जिल्लामा रहेका बिभिन्न बिधालयहरुमा अध्ययनरत बिद्यार्थीहरुको वार्षिक अर्थात फाइनल परिक्षा हिजो बुधवार देखी सुरु भएको छ ।
सालभरको मेहनतलाई अन्तिम रुप दिएर कक्षा उक्लनका लागि सामान्यतया बर्षको अन्तिम समयमा परिक्षा हुने गर्दछ ।
बिधालय स्तरको यो परीक्षा जिल्लाका सम्पूर्ण सामुदायिक , सस्थागत स्कुल हरुमा एकैपटक सन्चालन भएको छ ।
गत बर्ष देखी कक्षा ८ को अध्ययनलाई पहिले दिदै आएको एस्.एल.सि. स्तरको मान्यता दिने घोषणा सङ्सगै सोही अनुसार मर्यादित बनाउने जिल्ला शिक्षा कार्यालय अर्घाखाँची ले जनाएको छ ।
परिक्षालाई कक्षा अनुसार २ चरणमा बिभाजन गरी सन्चालन गरिएको छ ।
कक्षा ८ को परिक्षालाई अन्य कक्षाको परिक्षा समय भन्दा फरक समयमा सन्चालन गरिएको ज्नाइएको छ। कक्षा ८ को परिक्षा लाई मर्यादित रुपमा सन्चालन गर्न यसरी बिशेष समय छुट्टाएर सन्चालन गरिएको हो ।
कक्षा ८ को प्रश्न पत्र लाई सम्बन्धित केन्द्रमा चेकजाच नगरि अर्को केन्द्रमा वा अन्य बिशेष स्थानमा जाचिने शिक्षा कार्यालयले जनाएको छ।
अलग्गै समयमा सन्चालन गरिएको कक्षा ८ को परिक्षा बिहान ९ देखी १२:३० सम्म र बाँकी रहेको कक्षा १ देखी ९ सम्मको परिक्षा १२:३० देखी ३:३० सम्म हुने र आगामी चैत महिनाको ४ गते सकिने जिल्ला स्थित परिक्षा समिती ले जनाएको छ।